२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री लेखकसँग अमेरिकी राजदूतको भेट

अ+ अ-

काठमाडौँ । गृह मन्त्री रमेश लेखकसँग नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले भेटवार्ता गरेका छन् ।

शुक्रबार सिंहदरवारस्थित गृह मन्त्रालयमा राजदूत थम्पसनले गृह मन्त्री लेखकलाई नयाँ कार्यकालको बधाई तथा शुभकामना सहित भेट गरेका हुन् ।

भेटमा राजदूत थम्पसनले अमेरिका नेपालको सामाजिक आर्थिक विकासका क्षेत्रमा सहयोग गर्न सधैँ इच्छुक रहेको बताएका छन् ।

एमसीसी परियोजनाले नेपालको विकास र समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास रहेको भन्दै राजदूत थम्पसनले एमसीसी परियोजना कार्यान्वयनमा नेपाल सरकारबाट सहयोगको अपेक्षा रहेको बताए ।

साथै अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सहकार्य र समन्वय गर्न अमेरिका सधैँ तत्पर रहेको उनको भनाइ छ ।

जवाफमा गृहमन्त्री रमेश लेखकले नेपाल र अमेरिकाका बिच ७० वर्ष पुरानो द्विपक्षीय सम्बन्ध कायम भएको बताउँदै लोकतन्त्र, मानव अधिकार, कानुनी शासनलगायतका विषयमा दुवै देशको साझा धारणा रहेको उल्लेख गरे ।

नेपालको सामाजिक आर्थिक विकास तथा गृह मन्त्रालयका विभागीय सुरक्षा निकायहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको क्षमता विकास अमेरिकाले उल्लेख्य सहयोग गर्दै आएको कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा निरन्तरताको अपेक्षा रहेको उनको भनाइ थियो ।

साथै जलवायु परिवर्तनका असरका कारण नेपाल उच्च जोखिममा रहेको हुँदा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने नेपालको चासो र चिन्ताको विषयलाई अमेरिकाले समर्थन गर्ने अपेक्षा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस