३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकाध वर्षभित्र देशलाई समृद्धिको उच्च विन्दुमा पु-याउन सकिन्छः नेपाल

अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले देश निर्माणको महत्वपूर्ण जिम्मेवारी वाम शक्तिको काँधमा आएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली जनताको बुद्धिमानीपूर्ण निर्णयका आधारमा वामशक्तिले जनमत हासिल गरेकाले देश निर्माणको जिम्मेवारी प्राप्त भएको र वर्तमान सरकारले जनताका पक्षमा महत्वपूर्ण कार्यभार पूरा गर्ने दृढता व्यक्त गरे ।

नेपालभित्रै केही शक्तिले वामपन्थी अधिनायकवादी हुन्छन् भनेर गलत प्रचार गरेको टिप्पणी गर्दै नेता नेपालले भने, ‘वामपन्थी जनताको भावनामा विश्वास गर्छन् । कसैले चिन्ता नगरे हुन्छ । वामपन्थीले अधिनायकवादको बाटो समात्दैनन् । लोकतन्त्र खुम्चिन्छ कि, राज्यका निकायका अनावश्यक राजनीतीकरण गर्छन् कि भन्ने चिन्ता गर्नु आवश्यक छैन ।’

देशलाई आर्थिक–सामाजिक रुपान्तरणको दिशामा अगाडि बढाउँदै बेरोजगारीको अन्त्य गरी एकाध वर्षभित्र देशलाई समृद्धिको उच्च विन्दुमा पुर्याउन सकिने बताए ।

नेता नेपालले जित्नेले अहंकार र हार्नेले काम गर्नै नदिने वातावरण बनाउन नहुने धारणा तथा सत्ता र प्रतिपक्ष हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै भने, ‘प्रतिपक्ष वेटिङ गभर्मेण्ट हो । शुरुदेखि नै विरोध गर्ने र काम गर्न दिन्न भन्ने प्रवृत्ति सबैले त्याग्नुपर्छ । लडाइँ, झगडा र द्वन्द्वको युग सकिएर शान्तिपूर्ण तवरले विकासको युगमा मुलुक प्रवेश गरेको छ ।’

पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकारले नेपाली जनतालाई सुशासन र न्यायको अनुभूति दिने तथा नेपालको उत्पादकत्वको विकास गर्न सफलता हासिल गर्ने विश्वास व्यक्त गरे । नेता नेपालले भने, ‘छिट्टै केपी ओली नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्नेछ । मुलुक अगाडि बढ्ने सिंगो खाका पाउनेछ ।’

सबैको बुद्धिमानी र सुझबुझपूर्ण कार्यका कारण संविधानसभा नेपालमा सफल भएको र तोकिएको समयमा संविधान लेखन सम्पन्न भएर कार्यान्वयनको चरणमा प्रवेश गरेको बताउँदै नेपालको संविधानले सबै पक्षलाई समेट्ने प्रयास गरेको तथा पिछडिएको क्षेत्र र समुदायलाई राज्यको मूलप्रवाहमा ल्याएको उल्लेख गरे ।

भ्रष्टाचारको जालोले विकास निर्माणको काम रोकिने गरेको दृष्टान्त पेश गर्दै उनले आर्थिक विकासको प्रमुख आधारका रुपमा रहेको भौतिक विकासलाई एकीकृत रुमपा अगाडि बढाउनुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस