२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तराखण्डमा पर्यटक बोकेको टेम्पो अलकनंदा नदीमा खस्यो, १४ जनाको मृत्यु 

अ+ अ-

काठमाडौँ । भारतको उत्तराखण्डको बद्रीनाथ राष्ट्रिय राजमार्गमा पर्यटक बोकेको टेम्पो सडकबाट चिप्लिएर अलकनंदा नदीमा खस्दा चालकसहित १४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । 

समाचार एजेन्सी पीटीआईका अनुसार पर्यटकहरू चोप्ला जाने क्रममा रैतोली गाउँ नजिकै शनिबार बिहान साढे ११ बजे दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जनाको अस्पतालमा मृत्यु भएको हो । अधिकारीहरुका अनुसार सडकबाट चिप्लिएको टेम्पो करिब दुई मिटर खोलामा खसेको थियो । मृतकमध्ये अझै तीन जनाको सनाखत हुनै बाँकी छ । 

मृत्यु हुनेमा नोएडा, मथुरा, उत्तर प्रदेशको झाँसी, उत्तराखण्डको हल्द्वानी, मध्य प्रदेश, दिल्ली र हरियाणाका बासिन्दाहरु छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीले अस्पतालमा पुगेर घाइतेहरुको उपचारबारे बुझेका छन् भने स्वास्थ्यलाभको कामना समेत गरेका छन् । उनले घाइतेको उपचारमा कुनै कसुर नराख्न समेत निर्देशन दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई–दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् । दुर्घटनाबारे राष्ट्रपति द्रौपदी मुर्मुले समेत दुःख व्यक्त गरेकी छन् । 

उत्तराखण्डमा सडक दुर्घटनाका कारण वर्षेनि हजारौँको ज्यान जाने गरेको छ । सन् २०२२ मा मात्रै एक हजार ६ हजार ७४ दुर्घटनामा १ हजार ४२ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस