२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकालाई हराउँदै भारत सुपर-८ मा, पाकिस्तानको विश्वकप यात्रा कायमै 

अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष टी २० विश्वकपमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै सुपर-८ मा स्थान सुरक्षित गरेको छ । जारी विश्वकपमा भारतको यो लगातार तेस्रो जित हो । 

टस हारेर पहिले ब्याटिङ गरेको  अमेरिकाले खास सुरुवात गर्न सकेन र पावरप्लेमा २ महत्वपूर्ण विकेट गुमाएर १८ रन मात्र बनाएको थियो । अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो । 

जवाफमा भारतीय टोलीले १८.२ ओभरमा ३ विकेटमो क्षतिमा १११ रन बनाएर खेल जित्यो। भारतीय बलर अर्शदीप सिंह खेलको प्लेयर अफ द म्याच घोषित भए ।

इनिङ्सको पहिलो बलमा शायान जहाँगीर खाता नखोल्दै आउट भए भने एन्ड्रियास गौसको ब्याटबाट २ रन आयो । दुवैको नेतृत्व अर्शदीप सिंहले गरेका थिए । पावरप्ले पछि पनि अमेरिकाको इनिङ्स ट्रयाकमा आउन सकेन । नियमित अन्तरालमा विकेट गिर्दै गएका कारण रन रेट बढ्न सकेन । कप्तान आरोन जोन्सले २२ बलमा ११ रनको इनिङ खेले । स्टिभन टेलरले २४ रन र नितिश कुमारले २७ रनको योगदान दिए । कोरी एन्डरसनले १२ बलमा १५ रन बनाएर १७ औँ ओभरमा ८६ रनमा पुर्‍याए । 

हरमित सिंहले जसप्रित बुमराहविरुद्ध छक्का प्रहार गर्दै आफ्नो ब्याटबाट १० रन निकाले । तर, जसदीप सिंह इनिङ्सको अन्तिम बलमा २ रनको व्यक्तिगत स्कोरमा रनआउट भए भने शाडले भान शाल्कविक ११ रन बनाएर अविजित फर्किए । भारतका लागि, अर्शदीप सिंहले चार ओभरमा ९ रन दिएर ४ विकेट लिए । योसँगै हार्दिक पाण्ड्याले २ र अक्षर पटेलले १ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा भारतको सुरुवात खराब रह्यो र विराट कोहली पहिलो ओभरमा सौरभ नेत्रावलकरविरुद्ध गोल्डेन डकमा आउट भए । नेत्रवलकरले आफ्नो अर्को ओभरमा कप्तान रोहित शर्मालाई क्याच आउट गराए र उनी ३ रन बनाएर १० रनमा दोस्रो विकेटका रूपमा आउट भए। ऋषभ पन्तले पनि आक्रामक शैली देखाउन सकेनन् र २० बलमा १८ रन बनाएर आउट भए ।

भारतले ११ औँ ओभरमा ५० रन पुरा गर्‍यो । तर, सूर्यकुमार यादव र शिवम दुबेले विपक्षी बलरको साहसपूर्वक सामना गरे । दुवैले १९ औँ ओभर सम्मको नटआउट साझेदारी गर्दै टोलीलाई जित दिलाएका थिए । सूर्यकुमारले ४९ बलमा ५० रन  बनाएर अविजित रहे । भने शिवम दुबेले ३५ बलमा ३१ रनको अविजित इनिङ खेले । अमेरिकाका लागि सौरभ नेत्रावलकरले सर्वाधिक २ विकेट लिए ।

भारतको जितले पाकिस्तानलाई फाइदा 

अमेरिकालाई हराएर भारतले सुपर ८ मा आफ्नो स्थान पक्का गरेको छ भने ३ खेलबाट २ अंक जोडेको पाकिस्तानको आशा पनि जीवित राखेको छ । यदि अमेरिकाले जितेको भए पाकिस्तानको सुपर एट यात्रा सकिने थियो ।