२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेती लोक मार्ग : दस किलोमिटर कालोपत्र हुँदै

अ+ अ-

काठमाडौँ । सेती लोक मार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ। त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ। 

सेती राजमार्ग योजना कार्यालय अछामका सूचना अधिकारी केशवदत्त मिश्रका अनुसार कालोपत्र गर्न निर्माण कम्पनीसँग एकदुई दिनभित्रै सम्झौता हुँदैछ । सडक कालोपत्रका लागि ३१ करोड रुपैयाँ प्राप्त भएको छ। 

कैलालीको टीकापुरबाट बझाङको उत्तरी सीमा क्षेत्रको उरै भञ्ज्याङ जोड्ने सेती लोकमार्गको ठुलीगाडदेखि सेती र बुढीगङ्गा दोभानसम्मको ४० किलोमिटर क्षेत्रमा रुख काट्न सरकारले अनुमति दिएको छ।

दुई सय चार किलोमिटर लामो उक्त सडकमा पर्याप्त बजेट विनियोजन नहुँदा निर्माण सुरु भएको १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्रयाक खुलेको छ। यो लोकमार्गको कैलाली खण्डमा ७२ किलोमिटरमध्ये तीन किलोमिटर  ट्रयाक खोल्न बाँकी रहेको आयोजना कार्यालय अछामले जनाएको छ। 
 
कैलालीको टीकापुरबाट चैनपुरसम्मको सडकखण्डमध्ये डोटी, बझाङ र अछाममा रेखाङ्कन गरिएको कतिपय ठाउँमा ट्रयाक बाँकी छ । अछाममा ८० किलोमिटरमध्ये २३ किलोमिटर ट्रयाक खोल्ने काम बाँकी रहेको सूचना अधिकारी मिश्रले दिए। बाजुराको मेडासैनबाट राना गाउँसम्मको १२ किलोमिटर ट्रयाक खोल्न बाँकी छ।

चालु आर्थिक वर्षमा सो सडकका लागि रु १४ करोड बजेट विनियोजन भएको छ। सो सडकमा पर्ने पुल निर्माणका लागि चालु आवमा रु तीन करोड  छुट्याइएको छ। 

प्रतिक्रिया दिनुहोस