२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंगो गाउँ नै किनबेच !

अ+ अ-

सिरहा । धनगढीमाई नगरपालिका–१२ का पचुवा मरिकले तीन महिनाअघि रामपुत मरिकसँग गोलबजार नगरपालिकाको मुक्सार गाउँ ३५ हजार रुपैयाँमा किने। लहान नगरपालिका–२२, सिसवनीका दिलीप मरिकले सोही नगरपालिका–४ को गाउँ एक वर्षअघि ६० हजार रुपैयाँमा किनेका थिए।

लहान नगरपालिका–२२ का महेन्द्र मरिक भन्छन्, ‘२० वर्षअघि ६ हजारमा किनबेच भएको गाउँको अहिले भाउ बढेको छ।’ सिंगो वडा नै किन्ने दिलीप मरिककी हजुरआमाको नाममा बेलीगाउँ पनि छ। हिजोआज बेलीगाउँ दुई दाजुभाइले संयुक्त रूपमा चलाइरहेका छन्। परिवारको सदस्य वृद्धि भएकाले थप गाउँ किन्नुपरेको उनी बताउँछन्।

मरिकले भने, ‘कमाइ गरिखाने गाउँ थोरै भएकाले त्यसबाट हुने कमाइबाट गुजारा चल्न धौ–धौ परेपछि नयाँ गाउँ किनेको हुँ। आफ्नो गाउँ नहुँदा आफैंले बनाएको बाँसका सामग्री अरूलाई कम मूल्यमा दिनुपर्थ्यो।’ डोम समुदायले बाँसका सामग्री बनाउने र आफूले किनेको गाउँमा बेच्ने गर्छन्।

घरजग्गा बिक्री त देशभर जहाँ पनि हुन्छ तर सुन्दै अचम्म लाग्छ, सिरहा जिल्लामा भने यहाँका अल्पसंख्यक मधेसी दलित ९डोम जाति० ले गाउँ नै खरिद बिक्री गर्छन्। सिंगो बस्ती कुनै न कुनै डोम समुदायका मानिसले किनेकै हुन्छ। मधेसको सबै गाउँ बिक्री भएको छ। डोम समुदायमा गाउँका गाउँ बेच्ने, किन्ने र आफ्नो गर्जो टार्न बन्धकीसमेत राख्ने अनौठो चलन छ।

पूर्वको झापादेखि पश्चिमको पर्सासम्म करिब १३ हजार संख्यामा छरिएर बसेका डोम समुदायमा आफ्नो इलाका छाडेर अरूकोमा गई बाँसको सामग्री बिक्री गर्न र काम गर्न प्रतिबन्ध छ।

अरूको इलाकामा गएर काम गर्न र बाँसको सामग्री बनाई बिक्री गर्न गाउँ, सहर किन्नुपर्छ नभए बन्धकी लिनुपर्छ। कोही लुकेर अर्काले किनेको गाउँमा बेच्न गएमा जातीय नियमअनुसार दण्ड व्यहोर्नुपर्छ।यो समुदायमा भाइभाइबीच अंश लगाउँदा पनि गाउँ–टोल नै लगाउने चलन छ।

अंशमा एउटा मात्रै गाउँ भागमा परेपछि काम गर्ने एरिया सानो हुँदा सिसवनीका भोला मरिकले बन्धकीमा लिएका छन्। भोला भन्छन्, ‘३५ हजारमा हरि मरिकसँग बाखैरगाउँ बन्धकीमा लिएको छु।’

धनगढीमाई नगरपालिका–११ का डोम समुदायको अगुवा रामचन्द्र मरिकका अनुसार गाउँ ५० हजारदेखि एक लाख रुपैयाँसम्म र बजार दुई लाखदेखि पाँच लाखसम्म किनबेच हुने गरेको छ। उनले भने, ‘डोम समुदायमा जातीय कानुन कडा रहेकाले अरूको गाउँ, टोलमा आएर काम गरे जातीय दण्ड जरिवानामा परिने डरले कोही पनि अरूको इलाकामा काम गर्न जाँदैनन्।’ घरखर्च चलाउन समस्या परेपछि आफूले पनि ६ महिनाअघि एउटा गाउँ १० हजारमा बन्धकी लगाएको मरिकले बताए।

०६८ सालको जनगणनाअनुसार सिरहामा २३८ घरधुरी डोम समुदायको बसोबास छ। यहाँका गाउँमा ५÷१० डोम समुदायको घरपरिवार हरेक गाउँमा बसोबास छ। सिरहामा २२ सय ३१ जनसंख्या रहेको यस समुदायको मुख्य आयस्रोतको काम नै बाँसको सामग्री बनाएर बेच्ने हो। डोम समुदायको अगुवा रामचन्द्र मरिकले भने, ‘पहिले–पहिले छाडा चराउन पाउँदा सुँगुर पालन पनि गरिन्थ्यो तर गाउँ–गाउँमा बन्देज लागेकाले हिजोआज बाँसको सामग्री बेचेर गुजारा चलाउने गरेका छौँ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments