२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानमा रहेका कमजोरीको समीक्षा र सुधार हुनुपर्छ : पूर्व सभामुख ढुङ्गाना

अ+ अ-

काठमाडौँ । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको समीक्षा र सुधार हुनुपर्ने बताएका छन् । 

प्रदीप गिरी समाजवादी अध्ययन संस्थाले आज यहाँ आयोजना गरेको ‘राजनीति, साहित्य, पत्रकारिता र सामाजिक सञ्जाल’ विषयक गोष्ठीमा उनले संविधानको रक्षाका लागि यसमा भएका दोष र कमजोरीको समीक्षा हुनुपर्ने बताएका हुन् । उनले भने,“संविधानले आकार नै लिन सकेको छैन, बरु थप गिजोलिँदै गएको छ । २००७ सालदेखि नै हामीले महत्त्वपूर्ण समय खेर फालिसकेका छौँ । हामीले परिवर्तन त ल्यायौँ तर त्यसले काम गरिरहेको छ त ? स्वदेशमा भविष्य नै छैन भनेर युवाहरू विदेशीने क्रम किन बढ्दो छ ? त्यसैले अब यी सबै विषयमा हामीले गम्भीर समीक्षा गर्नु जरुरी छ ।”  

उनले राजनीतिक दलबीच बढ्दो दूरीले जनमानस तथा विकास प्रक्रियामा नै असर परिरहेको र त्यसले राष्ट्रियतामा समेत नकारात्मक प्रभाव पारेको बताए ।  

नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले जनताको बलिदानी र सङ्घर्षबाट प्राप्त सङ्घीयताले पूर्णता पाउन नसकेको तर्क गरे । “सङ्घीयतामाथि नै प्रश्न उठ्दै छ । निर्वाचन प्रक्रिया खर्चिलो भयो, प्रदेश सरकार खारेज गरिनुपर्छ जस्ता  आवाज उठिरहेका छन्”, उनले भने,“तर हामीले संविधानप्रदत्त प्रहरी प्रशासन र कर्मचारीको अधिकार पनि प्रदेशलाई दिन चाहेका छैनौँ । त्यसैले निर्वाचन प्रणालीसहित यी विषयमा गम्भीर समीक्षा र सुधार हुनुपर्छ ।” 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की नेतृ पम्फा भुषालले प्रतिनिधित्व र निर्वाचन प्रणालीको तादम्यता कसरी मिलाउने भन्ने कुरा महत्त्वपूर्ण रहेको बताए । उनले भने,“राजनीतिक अस्थिरता पैदा भएको छ । संविधानलाई कुनै न कुनै ढङ्गले परिमार्जन गरेर राजनीतिक स्थिरता र आर्थिक, सामाजिक तथा  विकासका निम्ति बहस थाल्न जरुरी भइसकेको छ । पात्र विशेषले भन्दा परिस्थितिले जस्तो स्थिति उत्पन्न भइरहेको छ त्यसमा बढी केन्द्रित भएर छलफल ग¥यौँ भने सकारात्मक निष्कर्ष निकाल्न सकिन्छ ।” 

यस्तै, नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले सङ्घीयतामा तल्लो तहलाई अधिकार दिने भनिए पनि माथिल्लो तहलाई बढी अधिकार दिएका कारण समस्या भइरहेको धारणा राखे । 

“अधिकार दिइएको छ, संरचना पनि बनाइयो तर स्रोतको समान वितरण हुन सकेको छैन । सीमित स्रोतसाधनको पनि दुरुपयोग भइरहेको छ । यस्तो अवस्थामा कसरी परिवर्तनको अनुभूति गर्न सकिन्छ ? त्यसैले अब शासकीय स्वरूपमा परिवर्तन वा निर्वाचन प्रणालीमा फेरबदल हुनुपर्‍यो । स्थानीय तहलाई पनि बढी जवाफदेही बनाउनुपर्‍यो”, उनले भने । 

प्राध्यापक अभि सुवेदीले समाजवाद र राजनीतिक प्रणालीको सही प्रयोगका लागि राजनीति षडयन्त्रको सिद्धान्तभन्दा माथि उठ्नुपर्ने आवश्यकता औँल्याए ।  भाषाविद् शरदचन्द्र बस्तीले नेपाली भाषालाई विस्थापित बनाउने कार्य भइरहेको बताए । “भाषाको अतिक्रमण भइरहेको छ । अरु भाषाबाट शब्द आउँदैमा भाषा बिग्रने होइन, हाम्रो भाषा बचाउन गम्भीरता चाहिन्छ । भाषाको मूलतत्व सर्वनाम, विभक्ति, क्रियापदमा अतिक्रमण भयो भने भाषा बिग्रिन्छ । भाषा शैलीमा भएको अतिक्रमण सबैतीर समस्या देखिन्छन् । अहिले त्यही भइरहेको छ”, उनले भने ।