भारतले नाकाबन्दी नगर्दा मधेश आन्दोलन असफल भएको राजेन्द्र महतोको दाबी « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

भारतले नाकाबन्दी नगर्दा मधेश आन्दोलन असफल भएको राजेन्द्र महतोको दाबी


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले भारतले कडाइ साथ नाकाबन्दी नगरेकै कारण मधेस आन्दोलन असफल भएको बताएका छन्।

बुधबार आफ्नै पुस्तक ‘अधुरा क्रान्ति’ विमोचनमा बोल्दै महतोले संविधान जारी गरेपछि भारतले कडा रूपमा नाकाबन्दी नगर्दा मधेस आन्दोलन असफल भएको बताएका हुन्।

महतोका अनुसार भारतले कडाइ नाकाबन्दी नगरिदिँदा ६ महिना लामो मधेस आन्दोलन निरर्थक बनेको हो।

महतोले सुगौली सन्धिअनुसार भारतले व्यवहार नगरेको पनि बताए। २०६४ फागुनमा दोस्रो मधेस आन्दोलन हुँदा त्यतिबेला पनि भारतकै मध्यस्थतामा ८ बुँदे सहमति गरिएको उनले बताए। सम्झौताअनुसार संविधान सभाको निर्वाचन भएको तर त्यसले मधेसीको माग पूरा हुने गरी संविधान बनाउन भारतले पहल नगरिदिएको उनको कथन थियो।

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक महतोले राजनीतिक जीवनी समेटिएको कृति लेखेका हुन्। कृतिलाई पाइन प्रकाशनले बजारमा ल्याएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस