शिक्षामन्त्री सुमना श्रेष्ठको प्रयासमा हाम्रो साथ रहन्छ : गगन थापा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

शिक्षामन्त्री सुमना श्रेष्ठको प्रयासमा हाम्रो साथ रहन्छ : गगन थापा


२९ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने शिक्षामन्त्री सुमना श्रेष्ठको कदम सकारात्मक भएको बताएका छन्।

बुधवार आयोगको प्रतिवेदन सार्वजनिक भएपछि आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु आफैँमा सकारात्मक भएको बताए।

उनले भनेका छन्, प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन् त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ । यससँगै प्रतिवेदनले आधार र कारण खुलाएरै जसजसलाई कारबाहीको सिफारिस गरेको छ त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास छ।

उनले शिक्षामन्त्रीको यो प्रयासमा आफ्नो साथ रहने प्रतिबद्धता जनाएका छन्। शिक्षा मन्त्रालयले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग २०७४ को प्रतिवेदन ६ वर्षपछि सार्वजनिक गरेको हो।

आयोगले त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपतिहरू हीराबहादुर महर्जन, तीर्थ खनिया, रजिस्ट्रार डिल्ली उप्रेती, रेक्टर सुधा त्रिपाठी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त लोकमानसिंह कार्की लगायतमाथि कारबाहीको सिफारिस गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस