२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुप्चेश्वरमा लालीगुराँसको जुस उत्पादन

अ+ अ-

त्रिशूली (नुवाकोट) । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले लालीगुराँसबाट जुस उत्पादन सुरु गरेको छ । किसानका खेतबारी तथा जङ्गलमा खेर गएका लालीगुराँस सङ्कलन गरेर परीक्षणका रुपमा सुरु गरेको जुस उत्पादन सफल भएको हो ।

गाउँपालिका अध्यक्ष शङ्कर थापाका अनुसार उत्पादित जुसको सेवन योग्य प्रमाणीकरणको परीक्षण प्रक्रिया अघि बढाइएको छ । “जङ्गलमा प्रशस्त पाइने लालीगुराँसको फूल उपयोगविहीन हुने गरेकामा अब आर्थिकोपार्जनसँग जोड्ने प्रयासमा लागेको छौँ”, उनले भने, “गाउँपालिकाले किसानको आर्थिकस्तर वृद्धिका लागि यो वर्षदेखि सुरु गरेको ‘अध्यक्षसँग किसान सवलीकरण कार्यक्रम’मार्फत लालीगुराँसका फूलको सङ्कलन गरेर जुस उत्पादनमा संलग्न गराउने प्रयासमा लागेका छौँ ।”

यही साता आएको वर्षा र हावाहुरीले झारेका फूल सङ्कलन गरेर बनाइएको जुसको गुणस्तर मापन हुन बाँकी भए पनि न्यून लागतमा तयार गरिएको जुस गुणस्तरीय प्रमाणित भए राम्रो उत्पादन लिन सकिएको गाउँपालिकाका कृषि शाखाका सुदेश सुवेदीले बताए । उनका अनुसार सेवनयोग्य परीक्षणमा प्राप्त नतिजामा आवश्यकताअनुसार सुधार गरेर सवलीकरण कार्यक्रममार्फत किसानलाई व्यावसायिक उत्पादनमा संलग्न गराउने लक्ष्य गाउँपालिकाले बनाएको छ ।

“किसानको खेतबारी र जङ्गलमा झरेका फूल सङ्कलन गरेर त्यसलाई सरसफाइ गरी उमालेर र फिल्टर गरेर सेवनयोग्य जुस तयार गरिएको छ”, सुवेदीले भने, “अन्यत्र सफल भएका योजनाको अवलोकन र किसानलाई तालिम दिएर जुससहित जामलगायतका उत्पादनको योजनामा लाग्नेछौँ ।”

चिकित्सकका अनुसार लालीगुराँसको फूलबाट उत्पादित जुस तथा अन्य उत्पादनको सेवनले घाँटीको दुखाइ कम गर्ने, रगतको मात्रा बढाउने, उच्च रक्तचाप रोक्ने, मिर्गौलासम्बन्धी रोगबाट बचाउने तथा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ ।