२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारागारबाट फरार ‘टिके’ प्रहरी इन्काउन्टरमा

अ+ अ-

काठमाडौं । झन्डै एक दर्जन चोरी घटनामा संलग्न रामेछापका टीकाबहादुर थापामगर ‘टिके’ प्रहरीको इन्काउन्टरमा परेका छन् । ४ माघमा डिल्लीबजार कारागारबाट फरार उनलाई शनिबार चितवनमा प्रहरीले गोली हानेर घाइते बनाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका अनुसार प्रहरीको जवाफी फायरमा उनको तिघ्रा र हातमा गोली लागेको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको छ ।

ना.४७प ५०५२ नम्बरको मोटरसाइकलमा भागिरहेका उनी शनिबार साँझ करिब ५ बजे भरतपुरस्थित रामनगरमा प्रहरी इन्काउन्टरमा परेका थिए । मोटरसाइकलबाट गोली हानेपछि प्रहरीले जवाफमा फायर खोलेको थियो । मोटरसाइकलचालक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ । ‘डिल्लीबजार कारागारबाट झुक्याएर भागेपछि प्रहरीले उनको पिछा गरिरहेको थियो । मोटरसाइकलमा भागिरहेका उनी रामनगरमा भेटिए । पिछा गर्ने क्रममा प्रहरीलाई गोली हानेपछि जवाफमा प्रहरीले फायर खोलेको हो,’ महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले भने । उनलाई महाशाखाले ७ असार ०७२ मा चोरी मुद्दामा पक्राउ गरेको थियो । दोषी प्रमाणित भएपछि उनी डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गर्दै थिए । कारागारको तारजाली काटेर ४ माघमा उनी फरार भएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments