काँग्रेसले आगामी निर्वाचनमा गठबन्धन गर्दैनः डा. कोइराला  « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

काँग्रेसले आगामी निर्वाचनमा गठबन्धन गर्दैनः डा. कोइराला 


१७ चैत्र २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले आगामी निर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने बताएका छन्। 

बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १६औँ वार्षिक साधारण सभामा उनले आगामी निर्वाचनमा नेपाली काँग्रेसले गठबन्धन नगर्ने स्पष्ट पारेका हुन् । 

नेता डा. कोइरालाले राष्ट्रिय सभामा समावेशी र समानुपातिक निर्वाचन प्रणाली र प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली लागू गरे मात्रै कनै एक दलले बहुमत ल्याउने र मुलुकमा स्थायित्व, विकास निर्माण अघि बढ्न सक्ने धारणा राखे । 

नेता डा. कोइरालाले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक, मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य, मान्यता, सर्वोच्च अदालतको निर्देशन र पीडितमैत्री बनाउनुपर्ने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस