२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेलिकमद्वारा २२ लाख बक्यौता असुल

अ+ अ-

बागलुङ । नेपाल टेलिकम बागलुङ कार्यालयले दुई महिनाको अवधिमा रु २२ लाख बक्यौता रकम असुल गरेको छ ।

धवलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ग्राहकबाट सो रकम असुल गरेको हो । अझै ४० लाख बक्यौता ग्राहकबाट उठाउन बाँकी रहेको कार्यालयका लेखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिए ।

‘पाँच सयभन्दा बढी ग्राहकले पुरानो बक्यौता तिर्न बाँकी छ,’ उनले भने, ‘ठूलो रकम भएका एक सयभन्दा बढी ग्राहकले बक्यौता बुझाएका छन् ।’

टेलिकम कार्यालयले २०७२ साल असार मसान्तसम्मको बक्यौतामा जरिवाना छुट दिएपछि तिर्नेको संख्या बढेको छ । कार्यालयले यस वर्षलाई पुरानो बक्यौता उठाउने वर्षको रुपमा लिएको छ । छुटको घोषणा नहुँदै बागलुङ कार्यालयले बक्यौता रकम उठाउन अभियान थालेको थियो । धवलागिरि क्षेत्रमा २०५८ सालदेखि ग्राहकले बक्यौता तिर्न बाँकी रहेको कार्यालय प्रमुख केशव शर्माले बताए ।

रकम नतिर्नेमा ठूला व्यवसायी, दलका नेता र प्रतिष्ठित् व्यक्ति समेत छन् । कार्यालयले पत्राचार गर्नेदेखि सार्वजनिक सूचना जारी गरेर ग्राहकलाई बक्यौता रकम तिर्न आग्रह गर्दैआएको छ । वर्षौं अघिदेखिका ग्राहक पत्ता लगाएर ताकेता गरिरहेका छौंँ,’ उनले भने । कतिपय सरकारी कार्यालय, संस्थान र परियोजनाले बक्यौता रकम तिर्न बाँकी छ ।

एउटाको नाममा रहेको टेलिफोनको प्रयोगकर्ता अर्कै रहेका कारण बक्यौता उठाउन समस्या हुने गरेको कार्यालयले जनाएको छ । माघ मसान्तसम्म जरिवाना छुटको व्यवस्था गरेकोले बक्यौता तिर्नेको संख्या बढ्ने देखिएको छ । नेपाल टेलिकमले ल्याण्ड लाइन फोनमा ‘क्रेडिट लिमिट’ प्रणाली अपनाएकाले अबदेखि ग्राहकको नाममा बक्यौता रकम नरहने कार्यालय प्रमुख शर्माले बताए । रासस

0 Comments