काठमाडौं । नेपाल सरकार स्वामित्वको नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा ९५ जना नयाँ कर्मचारीका लागि आवेदन माग गरेको छ ।
एक सूचना प्रकाशित गर्दै निगमले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्ने गरी शुक्रबार विभिन्न तहमा ९५ कर्मचारी माग गरेको हो ।
माघ १२ गतेबाट २१ दिनसम्म आवेदन दिन सकिने व्यवस्था छ। दोब्बर दस्तुरमा थप सात दिन दरखास्तका लागि समय रहनेछ।