तोडियो लाइसेन्सका लागि निरोगिताको प्रमाणपत्रमा हुँदै आएको सिन्डिकेट « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

तोडियो लाइसेन्सका लागि निरोगिताको प्रमाणपत्रमा हुँदै आएको सिन्डिकेट


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात मन्त्रालयले चालक अनुमति पत्र (लाइसेन्स) लिँदा चाहिने निरोगिताको प्रमाणपत्र जारी गर्दा हुँदै आएको सिन्डिकेट तोडेको छ ।

लाइसेन्सका लागि दरखास्त दिँदा नेपाल सरकारबाट मान्यताप्राप्त जुनसुकै चिकित्सकबाट पनि निरोगिताको प्रमाणपत्र पेश गर्दा मान्य हुने निर्णय मन्त्रालयले गरेको छ । हाल यातायात कार्यालयहरूले निश्चित चिकित्सक तोकेर कार्यालय हाताभित्रबाटै निरोगिताको प्रमाणपत्र जारी गर्दै आएका छन् ।

उद्योग तथा यातायात मन्त्री सरोज थापा (रोज राणा) ले कुनै पनि सरकारी अस्पतालमा कार्यरत चिकित्सक वा नेपाल सरकारबाट मान्यताप्राप्त चिकित्सकबाट स्वास्थ्य परीक्षण गराई निरोगिताको प्रमाणपत्र पेश गरेमा मान्य हुने निर्णय गरेको जनाइएको छ । यो निर्णय आगामी २०८१ साल वैशाख २ गतेदेखि कार्यान्वयन हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस