काठमाडौँ। नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यलाई बर्खास्त गरिएको छ ।
केन्द्रीय बैंककै एक उच्च तहकी महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्ती गरिएको स्रोतले जानकारी दिएको छ ।
राष्ट्र बैंक मानव संशाधन विभागले उनलाई बर्खास्ती गरेको बताइएको छ ।