नयाँ गठबन्धनबारे शेखरको प्रतिक्रिया : सामान्य घटना होइन « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नयाँ गठबन्धनबारे शेखरको प्रतिक्रिया : सामान्य घटना होइन


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले माओवादीसँगको सहकार्य काँग्रेसका लागि महँगो साबित भएको टिप्पणी गरेका छन् । उनले गठबन्धन बन्नु र भत्किनु सामान्य भए पनि हिजोको घटना भने सामान्य नभएको बताए।

डा। कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदमप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउनुलाई आफूले सामान्यरुपमा नलिएको बताएका हुन् । साथै उनले राजनीतिमा गठबन्धन बन्नु र तोडिनु सामान्य भए पनि पछिल्लो घटना भने सामान्य नभएको तर्क गरेका छन् ।

कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन नेपाली काँग्रेसलाई महँगो साबित भएको डा.कोइरालाले बताएका छन्। ‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि? भविष्यको लागि सजग बनौं।’

Tags :
प्रतिक्रिया दिनुहोस