१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकवि श्रेष्ठलाई मातृभाषा राष्ट्रिय सेवा पुरस्कार

अ+ अ-

काठमाडौँ । यस वर्षको ‘मातृभाषा राष्ट्रिय सेवा पुरस्कार’ गीतकार दुर्गालाल श्रेष्ठलाई प्रदान गरिएको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार एवं जनकवि श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको हो । उनी अस्वस्थ भएका कारण श्रेष्ठका छोरा सुमनलाई दोसल्ला ओढाएर नगद रु. एक लाखसहित कदरपत्रद्वारा सम्मान गरिएको हो । 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले उक्त पुरस्कार प्रदान गरेकी हुन् । उनले मुलुकमा सबै जाति समुदायको मातृभाषा, साहित्यका साथै मौलिक कला संस्कृतिको संरक्षण गर्नुपर्ने बताइन् । उनले जनकवि श्रेष्ठसँग भएको ज्ञान, सीप, अनुभव तथा संघर्षका विषयले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

प्रतिष्ठानका प्रमुख गोकुलप्रसाद घर्तीले प्रतिष्ठानले छोटो समयमा गरेको कार्यप्रगतीको जानकारी दिँदै जनकवि श्रेष्ठले मातृभाषाको माध्यमबाट नेपाली साहित्यको उत्थान र विकासमा पुर्‍याएको योगदानको कदरस्वरुप पुरस्कृत गरिएको बताइन् । नेवारी भाषामा धेरै साहित्य सृजना गरेका गीतकार श्रेष्ठले लेखेका ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ गीत लोकप्रिय छ । 

यसअघि सो पुरस्कार साहित्यकार तिलविक्रम नेम्वाङ र शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस