काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनबारे छलफल सुरु गर्नुपर्ने बताएका छन् ।
ललितपुरको गोदावरीमा सोमबार सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै देउवाले शासकीय स्वरूपमा मूलभूत विषयलाई प्रभाव नपार्ने गरी संविधान संशोधनबारे छलफल गर्नुपर्ने बताएका हुन् ।
‘संविधान जारी भएको ८ वर्ष भइसकेको छ । संविधान कार्यान्वयनका क्रममा देखारेका समस्या, जटिलता वा अस्पष्टता समेतको पहिचान भएको छ’, संविधान गतिशील दस्ताबेज र यसको दीर्घजीवनका लागि जनताको स्वीकार्यता र स्वामित्व स्थापित गर्न आवश्यक रहेको भन्दै उनले भने, ‘संविधानले व्यवस्था गरेको शासकीय स्वरूपको मूलभूत विषयमा प्रतिकुल प्रभाव नहुने गरी संविधान संशोधनमा छलफल गर्नु पर्दैछ ।’







