२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात नम्बर प्रदेशको राजधानी दिपायललाई बनाउन माग गर्दै काठमाडौंमा प्रदर्शन

अ+ अ-

काठमाडौँ । सात नं प्रदेशको राजधानी दिपायलमा हुनुपर्ने माग राख्दै आइतबार काठमाडौंमा प्रदर्शन गरिएको छ । डोटी काठमाडौं सम्पर्क मञ्चको अगुवाईमा भएको भेलाले माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

प्रदेश राजधानीकै माग गरेर १३ दिनदेखि आन्दोलनरत डोटीबासीले डोटी र काठमाडौंमा आन्दोलनको कार्यक्रम संगसंगै अघि बढाएका छन् ।

कार्यक्रममा डोटीबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, समाजसेवी, बुद्धिजीवी, कानुनव्यवसायी, विद्यार्थीलगायतको सहभागिता थियो । ऐतिहासिक महत्व, प्रदेशमा समेटिएका जिल्लाको केन्द्रीय भूगोल तथा सुरक्षा दृष्टिकोणले दिपायलमा नै प्रदेश राजधानी हुनुपर्ने उनीहरुको भनाइ रहँदै आएको छ । तत्कालिन अवस्थामा बिभिन्न महत्वपूर्ण प्रशासनिक क्षेत्रमध्ये डोटी गौडाको रुपमा समेत रहेको दिपालय सुदूर पश्चिमको क्षेत्रीय सदरमुकाम पनि हो ।

डोटीबाट प्रदेश सभा सदस्य पुर्णा जोशीले हरेक हिसावले दिपायलयमा नै राजधानी बनाउनु पर्ने डोटेली जनताको माग रहेको बताइन् । दिपायलमा प्रदेश राजधानी नतोकिएसम्म आन्दोलन जारी रहने उनले बताइन् ।

डोटेली जनताको शान्तिपूर्ण मागको वेवास्ता गर्दै पहाडी जिल्लालाई अन्याय गर्ने काम गरमो राज्यले ठूलो क्षति वेहोर्नु पर्ने प्रतिनिधि सांसद प्रेम आलेले बताए ।

प्रदर्शनमा प्रतिनिधिसभा सांसद प्रेम आले, प्रदेशसभा सदस्य पूर्णा जोशी, त्रिलोचन भट्ट, पूर्वसांसद् गौरी ओली, जिल्ला समन्वय समिति डोटीका संयोजक रामबहादुर ऐर, पूर्व सशस्त्र एआईजी ठाकुरमोहन श्रेष्ठ, समाजसेवी रमण श्रेष्ठ लगायत दर्जनौंको सहभागिता थियो ।

हाल सात नम्बर प्रदेशमा बझाङ, बाजुरा, अछाम, डोटी, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली जिल्ला रहेका छन् ।

0 Comments