लेबनानमा कार्यरत एक जना नेपाली शान्ति सैनिकको मृत्यु « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

लेबनानमा कार्यरत एक जना नेपाली शान्ति सैनिकको मृत्यु


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । लेबनानमा कार्यरत एक जना नेपाली शान्ति सैनिकको मृत्यु भएको छ।

नेपाली सेनाका अनुसार संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यका लागि युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबानन (युएनआइएफआइएल) मा कार्यरत सिपाही सुवास थापाको बिहीबार मृत्यु भएको हो।

उनी पुरानो गोरख गण (शान्ति सेना) ६४ औँ डफ्फामा कार्यरत थिए। दोलखा जिल्लाका थापा उक्त गणको हेडक्वार्टर बंकरमा ड्यूटीमा रहेका बेला आफैले बोकेको हतियारबाट गोली लागेर घाइते भएका थिए।

अस्पतालमा उपचारको क्रममा उनको निधन भएको र शव नेपाल ल्याउन पहल भइरहेको नेपाली सेनाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस