२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि शिल्पीमा ‘गंगालाल’

अ+ अ-

काठमाडौँ । शिल्पी थिएटर बत्तीसपुतलीमा शुक्रबारदेखि माघ २९ गतेसम्म सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित नाटक ‘गंगालाल’ मञ्चन हुने भएको छ । 

गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शंकरको लेखन तथा निर्देशनमा तयार भएको हो ।

नाटकमा सहिद गंगालाललाई क्रान्तिकारीमात्र नभई एक पूर्ण मानिसको रूपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरले बताए । विक्रम संवत् १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गंगालालका जीवनका घटनाहरूलाई आधार मानी नाटकको कल्पना गरिएको उनले जानकारी दिए ।

नाटकमा सहिद धर्मभक्त, सहिद शुक्रराज र सहिद दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिनेछन् । सहिद दिवसको सन्दर्भ पारेर मञ्चन गर्न लागिएको नाटक बुधबार गत राष्ट्रिय नाचघरमा सहिद दिवस मनाउँदै प्रथम मञ्चन गरिएको थियो ।

नाटकमा निर्भीक, शकु शाह, इनारा बानु, दीपक छल्दंग्या, सन्दिप डंगोल, प्रदीपकुमार चौधरी, निरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमुएडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दले अभिनय गरेका छन् । 

ड्रामाटर्जको भूमिका अनुरागले निर्वाह गरेको नाटकमा सङ्गीत डिजाइन उत्सव बुढाथोकीले गरेका छन् भने साउण्ड डिजाइन रिजन महर्जन र अभिषेक विकले गरेका छन् । नाटकमा प्रयोग भएको कार्टुन रोशन भण्डारीले निर्माण गरेका छन् ।

निर्देशक चे शंकरका अनुसार शनिबार १ बजे पनि मञ्चन हुने नाटक स्कुलका बालबालिका र शैक्षिक संस्थाहरूले अनुरोध गरेमा भिन्न–भिन्न समयमा पनि मञ्चन हुनेछ । निर्देशक चे शंकरले यसअघि ‘कोही किन बर्बाद होस्’, ‘म्याड म्यान्स डायरी’, ‘लुक ब्याक इन एंगर’, ‘सेम टाइम नेक्स्ट इयर’, ‘उलार’ नाटक निर्देशन गरिसकेका छन् ।