२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा नेपाली सेनाद्वारा सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन

अ+ अ-

डोटी । नेपाली सेना सिलगढी स्थित भैरव प्रसाद गण डोटीले चारदिने सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन गरेको छ ।  

स्थानीय तहका स्वयम सेवकहरूका लागि विपद्को समयमा समुदाय स्तरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्वयंसेवक परिचालन गर्न सहजता होस भन्ने हेतुले आजदेखी तालिमको आयोजना गरेको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजाले बताए । 

उनले भने समुदाय स्तरमा संस्थागत व्यवस्था सुनिश्चित गर्ने, स्थानीय ज्ञान सिप, श्रोत साधनको अधिकतम उपयोग गर्दै समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण कार्यक्रमहरू कार्यान्वयन गरी स्थानीय स्तरमा विपद्को समयमा परिचालन हुने स्वयम सेवकहरूको क्षमता विकास गर्न सहजता हुने समेत प्रमुख सेनानी देउजाले बताए । 

गणको वार्षिक कार्यक्रम अन्तरगत तालिमको आयोजना गरेको गणले जनाएको छ । 

चार दिन सम्म सञ्चालन हुने तालिममा डोटी जिल्लाका विभिन्न स्थानीय तहबाट १३ जनाको सहभागिता रहेको भैरव प्रसाद गणका सेनानी विपिन नगरकोटीले जनाएका छन् । दिपायल सिलगढी नगरपालिकाको सभा हलमा सञ्चालन भइरहेको तालिम शनिवार सम्पन्न हुने भएको छ । सैद्धान्तिक र व्यवहारिक ज्ञान सहितको तालिमको प्रशिक्षण भैरव प्रसाद गणले गर्ने जनाएको छ ।