१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यागमनका थप सात कर्मचारीविरुद्ध पक्राउ पुर्जी

अ+ अ-

काठमाडौँ । भिजिट भिसाको सेटिङमा संलग्न सात जना अध्यागमन अधिकृतहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौँबाट अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डङ्गोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

उनीहरूको बारेमा थप विवरण उपलब्ध गराइदिन जिल्ला प्रहरी परिसर काठमाडौँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ । उनीहरूविरुद्ध माघ ९ मा पक्राउ पुर्जी जारी भएको थियो । परिसरले आइतबार सरकारी वकिलको कार्यालयलाई मुद्दा बुझाएको छ । 

प्रहरीको अनुसन्धानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठीत रूपमै भिजिट भिसाको सेटिङ चलेको देखाएको छ । भिजिट भिसाको सेटिङमा अध्यागमनका कर्मचारीको भूमिकामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलिया माथिको अनुसन्धानका क्रममा थप कर्मचारीको पनि संलग्नता पुष्टि भएपछि उनीहरूको खोजी भइरहेको हो । भिजिट भिसा प्रकरणमा ३९ जना पक्राउ परेकामा किर्ते कागजपत्र बनाउने समूहविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छ ।

भिजिट भिसा प्रकरणपछि अध्यागमन र प्रहरी बिच विवाद बढेको छ । अनुसन्धानका नाममा प्रहरीले अनावश्यक दुःख दिएको भन्दै अध्यागमनका कर्मचारीहरूले विरोध जनाउँदै आएका छन् । कर्मचारीको विरोधपछि गृह मन्त्रालयले अध्यागमन र प्रहरी कर्मचारीलाई सँगै राखेर छलफलसमेत गरेको थियो । अहिले भिजिट भिसा सम्बन्धी १७ बुँदे मापदण्ड खारेज गरी ६ बुँदे नयाँ कार्यविधि लागू भएको छ ।

प्रतिक्रिया दिनुहोस