२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ। 

दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्क मैदानमा टस जितेर पहिला ब्याटिङमा आएको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अलआउट भएको हो। 

नेपालका आकाश चन्द एक्लैले ५ विकेट लिए। ८ ओभर बलिङ गरेका उनले ३४ रन खर्चिए।

दीपेश कँडेलले २, गुल्सन झा, तिलक भण्डारी र दीपेश भण्डारीले एकरएक विकेट लिए। ३४ रन बनाउँदा ५ विकेट गुमाइसकेको अफगानिस्तानले त्यसपछि सम्हालिएको प्रदर्शन गरेको थियो।

कप्तान नसिर खान र फरिदून दाउद्जाइले उत्कृष्ट साझेदारी गर्दै अफगानिस्तानको पारी सम्हालेका थिए। खानले ३१ रन बनाउँदा दाउद्जाइले २९ रनको योगदान गरे। 

मोहम्मद घजानफारले सर्वाधिक ३७ रन बनाए।हसन इसाखिलले २० रन जोड्दा ४ खेलाडी शून्यमा आउट भए। 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। 

समूह चरणको अन्तिम खेल खेलिरहेका दुबै टिम सुपर सिक्समा प्रवेश गर्न आजको खेल जित्नै पर्ने दबाबमा छन् । 

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । दक्षिण एसियाका दुई चर्चित १९ वर्षमुनिको टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् ।