२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुखसँग राष्ट्र संघका उपमहासचिवको भेट, आणविक हतियार निषेध सन्धि अनुमोदनको चासो

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं निःशस्त्रीकरण मामिला सम्बन्धी राष्ट्रसंघीय उच्च प्रतिनिधि महामहिम इजुमी नाकामित्सुले भेट गरेकी छन् ।

बिहीबार भएको भेटमा हतियार निःशस्त्रीकरणमा राष्ट्र संघ तथा नेपालले गरेका प्रयासहरू, साना र हलुका हतियार सम्बन्धी कार्य योजना, अन्तर्राष्ट्रिय सन्धि अनुमोदन लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

सभामुख घिमिरेले संयुक्त राष्ट्र संघ, निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिद्वारा महासभामा गरिएका प्रयासहरू, निःशस्त्रीकरण मामिलाहरूमा संयुक्त राष्ट्र संघ कार्यालयले गरेका विश्वव्यापी निःशस्त्रीकरण प्रयासहरूको सराहना गरे।

उनले भने, ‘मलाई विश्वास छ कि एशिया-प्रशान्त क्षेत्रीय तयारी बैठकमा भएका छलफलले साना र हलुका हतियार सम्बन्धी कार्य योजना सम्बन्धी चौथो समीक्षा सम्मेलन को सफलतामा ठूलो योगदान पुर्‍याउनेछ। यस प्रक्रियामा रचनात्मक योगदान गर्न नेपाल तयार छ ।’

सभामुखले १४ डिसेम्बर १९५५ मा संयुक्त राष्ट्र संघको सदस्य भएदेखि नै नेपालले संयुक्त राष्ट्र संघसँगको साझेदारीलाई उच्च महत्त्व दिँदै आएको बताए। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको हालैको नेपाल भ्रमणले संयुक्त राष्ट्रसंघ र नेपाल दुवैले एक अर्कालाई उच्च महत्त्व दिएको पुष्टि भएको सभामुखको भनाइ छ ।

सभामुख घिमिरेले नेपाल बुद्ध जन्मिएको देश भएको उल्लेख गर्दै शान्तिपूर्ण समाधान, अन्य राज्यहरूको आन्तरिक मामिलामा धम्की वा बल प्रयोग नगर्ने र हस्तक्षेप नगर्ने सिद्धान्तहरूको समर्थन गर्ने बताए।