२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि सहिद सप्ताह सुरु, शास्त्रीको शालिकमा माल्यार्पण

अ+ अ-

काठमाडौँ । आजदेखि सहिद सप्ताह सुरु भएको छ । पहिलो दिन आज काठमाडौँ महानगरपालिकाले एक कार्यक्रम गरी सहिद शुक्रराज शास्त्री र उनका योगदानलाई सम्झिएको छ । 

उपमेयर सुनिता डंगोलसहित महानगरका अधिकारीहरूले टेकुको पचलीस्थित शास्त्रीको शालिकमा स-सम्मान माल्यार्पण गरेका छन् । उपमेयर सुनिता डंगोलले शास्त्रीको योगदान नेपाली राजनीतिमा मात्र नभएर नेपाली र नेपाल भाषाको साहित्यमा पनि उत्तिकै रहेको बताइन् । 

‘उहाँको योगदान नेपाली राजनीतिमा मात्र होइन, साहित्यमा पनि उत्तिकै छ । नेपाली र नेपाल भाषामा उहाँले कलम चलाउनुभयो । विशेषगरी नेपाल भाषाको व्याकरण लेख्ने उहाँ नै पहिलो व्यक्ति हो,’ उपमेयर डंगोलले भनिन्, ‘त्यो मात्रै होइन बाल साहित्यमा कलम चलाउने पहिलो व्यक्ति पनि उहाँ नै हो ।’

कार्यक्रममा नगरबासीले सहिद शास्त्रीलाई स्मरण गरे, उनको त्याग र बलिदानीप्रति सम्मान अर्पण गरे । नेपाली जनताको स्वतन्त्रता, राष्ट्र निर्माण र आम नागरिकको हक अधिकार र मुक्तिको लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ । 

नागरिकको हक हितका लागि तत्कालीन व्यवस्थाविरुद्ध विद्रोह गर्दा वि.स. १९९७ माघ १० गते टेकुको पचलीमा रहेको खरीको बोटमा झुण्डाएर शास्त्रीको हत्या गरिएको थियो ।

शास्त्रीलाई झुण्ड्याइएको रुख भएको ठाउँमा नै बुधबार महानगरपालिकाले श्रद्धाञ्जली सभा गरेको हो । सरकारले सहिद शुक्रराज शास्त्रीको सम्झनामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सञ्चालन गरेको छ । 

प्रतिक्रिया दिनुहोस