२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिजुलीमा बढ्दै परनिर्भरता

अ+ अ-

काठमाडौँ । बिजुलीमा भारतसितको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । विद्युत् प्राधिकरणले लोडसेडिङ हुन नदिन यस वर्षको हिउँदमा ४७० मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ । अघिल्लो वर्षको हिउँदमा ३९५ मेगावाटसम्म आयात गरेको थियो । २०७२ मा करिब ३०० मेगावाट आयात भएको थियो । मागअनुसार सरकार र निजी क्षेत्रले जलविद्युत् आयोजना निर्माण गर्न नसकेकाले बर्सेनि परनिर्भता बढेको हो ।

‘सुक्खायामको सुरुआतसँगै पानीको सतह कम भएकाले नदीको प्रवाहमा आधारित विद्युत् आयोजनाको उत्पादन घटेकाले मुलुकमा लोडसेडिङ हुन नदिन हाल भारतबाट ४ सय मेगावाट विद्युत् आयात गरिरहेका छौं,’ विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, ‘यस वर्ष माघ–फागुनमा लोडसेडिङ हुन नदिन भारतबाट ७० मेगावाट थप गर्दा ४७० मेगावाट बिजुली आयात हुनेछ ।’ उनका अनुसार विद्युत्को बढी माग हुने साँझको समयमा मात्र ४७० मेगावाट बिजुली आयात गरिनेछ । राति र दिउँसो कम बिजुलीआयात गरिनेछ ।

अधिकारीका अनुसार हाल साँझमा विद्युत्को कुल माग १३८० मेगावाट छ । मुलुकमा विद्युत् प्राधिकरणका आयोजनाबाट ४२० र निजी क्षेत्रका प्रवद्र्धित आयोजनाबाट १६० मेगावाट गरी ५ सय ८० मेगावाट छ । हाल मुलुकमा विद्युत् आयोजनाको जडित क्षमता ९५० मेगावाट हाराहारीमा छ । नदीमा पानीको सतह घटेकाले ५८० मेगावाट बिजुली (जलाशययुक्त ९२ मेगावाटको कुलेखानी पहिलो र दोस्रोसहित) उत्पादन भइरहेको हो । मुलुकमा उत्पादित र भारतबाट आयातीत गरी जम्मा १०३० मेगावाट आपूर्ति हुन्छ । मुलुकको पिक आवरको मागभन्दा ३३० मेगावाट बिजुली अपुग हुनेछ । यो अपुगलाई पुर्‍याउन बढी माग हुने साँझको समयमा औद्योगिक क्षेत्रमा तीन घण्टा लोडसेडिङ गरी मुलुकभर घरायसी उपभोक्तालाई लोडसेडिङमुक्त गरिएको अधिकारीले जनाए ।

प्राधिकरणले ढल्केबर (महोत्तरी)–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट १ सय ४५, कुसाहा (सुनसरी)–कटैयाबाट १ सय ७०, रक्सौल–परवानीपुरबाट ६०, गण्डक–सुरजपुराबाट ३५, टनकपुर–महेन्द्रनगरबाट ३०, नेपालगन्ज–नामताराबाट १० मेगावाट, ११ केभीको वीरगन्ज विद्युत् नाकाबाट १०, ३३ र ११ केभीका विभिन्न नाकाबाट १० मेगावाट गरी ४ सय ७० मेगावाट बिजुली आयात गरिरहेको छ ।

भारत र नेपालबीच विद्युत् आयातसम्बन्धी सम्झौताको म्याद आइतबार सकिँदै थियो । विद्युत् प्राधिकरण र भारतीय विद्युत् व्यापार निगम (एनभीभीएन) बीच गत साता विद्युत् आयातसम्बन्धी सम्झौता तीन महिनाका लागि नवीकरण भएको हो । पुरानै सर्त र मूल्य ३.६० भारु (५ रुपैयाँ ७६ पैसा) मा तीन महिनाका लागि विद्युत् आयात गर्न सम्झौता नवीकरण भएको हो । सम्झौता नवीकरणसँगै मुलुकमा यो हिउँदयाममालोडसेडिङ नहुने सुनिश्चित भएको अधिकारीले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस