निर्वाचन खर्च विवरण बुझाउन निर्वाचन आयोगको निर्देशन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

निर्वाचन खर्च विवरण बुझाउन निर्वाचन आयोगको निर्देशन


१६ पुस २०७४, आइतबार


काठमाडौं । २०७४ मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका सम्पूर्ण उमेदवारलाई ३५ दिनभित्र खर्च विवरण बुझाउन निर्वाचन आयोगले सूचना जारी गरेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७२ को दफा ७२ उपदफा (४) अनुसार निर्वाचनको परिणाम प्राप्त भएका मितिले ३५ दिनभित्र खर्च विवरण बुझाइसक्नु पर्ने व्यवस्था छ । तोकेको समय भित्र निर्वाचन खर्च पेश नभएपछि आयोगले खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको हो ।

खर्च विवरण नबुझाउने दल तथा उम्मेदवारलाई आयोगले कारबाही गर्नसक्ने कानुनी व्यवस्था छ । सम्वन्धित जिल्ला तथा क्षेत्रीय निर्वाचन कार्यालयमा पनि उमेद्वारले खर्च विवरण पेश गर्न सक्नेछन् ।

प्रतिनिधिसभाका उमेदवारले २५ लाख र प्रदेशसभाका उमेदवारले १५ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था निर्वाचन आयोगले गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस