२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली–प्रचण्डको घोषणा : चलखेल परास्त गर्दै छिटै गठबन्धन सरकार

अ+ अ-

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनको सरकार बन्न नदिने षड्यन्त्र चिर्दै देशलाई तीव्र विकासतर्फ अघि बढाउने बताएका छन् । एमाले उपाध्यक्ष वामदेव गौतमको पुस्तक ‘नेपाल निर्माण महाअभियान’ लोकार्पण कार्यक्रममा शनिबार वाम गठबन्धनका प्रमुख नेता ओली र प्रचण्डले सबै षड्यन्त्र र भ्रम चिरेर देशलाई स्थायित्व, सुशासन र तीव्र विकासको दिशामा अघि बढाउने संकल्प गरे ।

‘अहिले संविधानको अपव्याख्या गर्ने, अल्झाउने, कसरी समय कटाउने भन्ने धुमधाम खेल भइराखेको छ, एउटा लोकतान्त्रिक पार्टीको नेताले त पाँच वर्ष तपाईंले नै चलाउनुस् भन्दै अफर गर्नुभएछ, किन त भन्दा फलानोलाई रोक्न,’ ओलीले भने, ‘त्यो मायाले भनेको होइन, गठबन्धन भत्काउन, देश बिगार्न हो, तर हामी त्यस्तो षड्यन्त्र परास्त गर्दै अघि बढ्छौँ ।’ उनले वाम गठबन्धन सरकारले देशलाई कसैको स्याटलाइट, आश्रित, दमितका रूपमा नभएर स्वाधीन र विकसित राष्ट्रका रूपमा अघि बढाइने बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन भत्काउन थुप्रै भ्रम सिर्जना गर्ने प्रयास भइरहेको भन्दै जनादेशको सम्मान गर्दै छिट्टै सरकार बनाएर देशलाई स्थायित्व, सुशासन र समृद्धिको दिशामा तीव्र गतिमा अघि बढाउने उद्घोष गरे । ‘एकता टुटाउन अहिले थुप्रै भ्रम सिर्जना गर्ने कोसिस भइरहेको छ, तर हामी स्थायित्व, सुशासन र समृद्धितर्फ अघि बढ्छौं,’ प्रचण्डले भने, ‘भ्रष्टाचार र ढिलासुस्तीको अन्त्य गर्दै विकासको रफ्तारमा देशलाई अघि बढाइनेछ, वाम गठबन्धनको अत्यधिक बहुमत आएको छ, गठबन्धन सरकारले नयाँ अग्निपरीक्षामा होमिएर देशलाई विकासको नयाँ चरणबाट अघि बढाउनेछ ।’

ओलीले ०६४ सालमा माओवादी केन्द्रले अत्यधिक सिट जितेर ठूलो दल बन्दा पनि कांग्रेसले ताजा जनादेश स्वीकार नगरी चार महिनासम्म नयाँ सरकार गठन प्रक्रिया अबरुद्ध गरेको स्मरण गर्दै अहिले त्यस्तै खेल चलिरहेको बताए । सबैखाले षड्यन्त्र परास्त गर्दै संयुक्त राष्ट्रसंघले सन् ०३० सम्मको दिगो विकास लक्ष्य निर्धारण गरेअनुसार नेपालको विकासको गतिलाई तीव्रता दिइने ओलीले धारणा राखे ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अब राजनीतिक विवादलाई थन्क्याएर समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिए । कृषि क्रान्ति, पर्यटन क्षेत्रको बिस्तार ऊर्जा विकास समृद्धिको मूल आधार भएको पौडेलको कथन थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments