काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि मतपत्रको नमुना सार्वजनिक गरेको छ। बुधबार आयोगले आफ्नो वेबसाइटमा वास्तविक मतपत्रको नमुना मतपत्र सार्वजनिक गरेको हो।
आयोगले प्रदेश अनुसार फरक-फरक नमुना पत्र बेवसाइटमा राखेको छ। मेयर उपमेयर तथा अध्यक्ष–उपाध्यक्षले रातो रंगको मतपत्रमा मतदान गर्नेछन् भने प्रदेश सभा सदस्यहरूले हरियो रंगको मतपत्रमा मतदान गर्नेछन्।
माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। राष्ट्रिय सभा निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा छन्।
यस्तो छ राष्ट्रिय सभा निर्वाचनको नमुना मतपत्र :
- कोशी प्रदेश मतपत्रको नमुना
- मधेश प्रदेश मतपत्रको नमुना
- बागमती प्रदेश मतपत्रको नमुना
- गण्डकी प्रदेश मतपत्रको नमुना
- लुम्बिनी प्रदेश मतपत्रको नमुना
- कर्णाली प्रदेश मतपत्रको नमुना
- सुदूरपश्चिम प्रदेश मतपत्रको नमुना







