‘सम्पर्कविहीन’ सशस्त्र प्रहरीका निरीक्षकलाई सेवाबाट हटाउन ७ दिने सूचना « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

‘सम्पर्कविहीन’ सशस्त्र प्रहरीका निरीक्षकलाई सेवाबाट हटाउन ७ दिने सूचना


२ माघ २०८०, मंगलबार


काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक(इन्स्पेक्टर) सुसान्त थापालाई विभागीय कारबाही गर्ने तयारी गरेको छ । गत मङ्सिर २१ देखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित थापालाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाएर विभागीय कारबाही गर्ने तयारी भएको हो । 

 मन्त्रालयले आज एक सूचना जारी गर्दै विभागीय कारबाही गर्नु नपर्ने भए कारणसहित ७ दिने सफाइ पेश गर्न सूचनामा उल्लेख गरेको छ  । 

 सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११३ को उपनियम (१)को खण्ड (ज) मा ‘बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा’ भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ व्यवस्था छ ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस