काठमाडौँ । बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आज सजाय निर्धारणका लागि बहस थियो । बहस भर्खरै सकिएकाले केही बेरमै न्यायाधीश ढकालले लामिछानेमाथि सजाय तोक्नेछन् ।
यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।
जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै बहस गरेका छन् ।