२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा सदस्य निर्वाचन : सुदूरपश्चिम प्रदेशबाट तीन सदस्यको चयन हुँदै

अ+ अ-

सुदूरपश्चिम । राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । सुदूरपश्चिम प्रदेशबाट पदावधि सकिन लागेका महिला, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूह (खुला) गरी तीन पदका लागि निर्वाचन हुन लागेको निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ ।

महिला कोटाबाट निर्वाचित नेकपा (एमाले) का इन्दु कडरिया (कञ्चनपुर), अपाङ्गता तथा अल्पसङ्ख्यक कोटाबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का महेशकुमार महरा (डडेलधुरा) र अन्य कोटाबाट निर्वाचित सोही पार्टीका हरिराम चौधरी ( कैलालीका) को पदावधि आगामी फागुनमा सकिँदैछ ।

प्रदेशसभा सदस्य, स्थानीय पालिकाका प्रमुख उपप्रमुखरअध्यक्ष उपाध्यक्ष रहेको निर्वाचनमण्डलले राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा मतदान गर्न पाउने राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ ।  सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य रहेकोमा बझाङ जिल्लाको प्रदेशसभामा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित पृथ्वीबहादुर सिंहको केही महिनाअघि दुर्घटनामा परेर निधन भएको थियो । 

प्रदेशका सबै नौ जिल्लामा गरी ८८ स्थानीय तह छन् । प्रदेशसभा सदस्य र पालिका तहका प्रमुख उपप्रमुखरअध्यक्ष उपाध्यक्ष गरेर यो प्रदेशमा जम्मा मतदाता दुई सय २८  छन् । प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखरअध्यक्ष उपाध्यक्षको मतभार भने फरक रहेको छ । 

 प्रदेशसभामा सबैभन्दा ठूलो दल  काँग्रेसका (निधन भएका एक जनाबाहेक) १८ सदस्य छन् । माओवादी केन्द्र का ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् । 

पालिका तहका प्रमुख उपप्रमुखरअध्यक्ष उपाध्यक्षमा सबैभन्दा बढी सङ्ख्यामा काँग्रेसका छन् । दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादी केन्द्र छ । निर्वाचन आयोगद्वारा प्रकाशित राष्ट्रियसभा सदस्य २०८० अन्तर्गतको निर्वाचन कार्यक्रमअनुसार आइतबार निर्वाचन अधिकृतको कार्यालय कैलालीमा मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

 आज उम्मेदवारीको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । पुस २४ मा उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २७ मा उम्मेदवारको नाम फिर्ता लिने, २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ ११ गते मतदान गर्ने कार्यक्रम छ । 

निर्वाचनका लागि उम्मेदवारीको मनोनयन गर्ने दिन नजिकिएसँगै दल उम्मेदवार छनोटमा लागेका छन् । राष्ट्रियसभा सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन गरी सदस्य चुन्नुपर्ने कानुनी व्यवस्था छ ।