उद्योगका लाइन काटिएपछि महासंघद्वारा अधिकार सम्पन्न आयोग गठन गर्न माग « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

उद्योगका लाइन काटिएपछि महासंघद्वारा अधिकार सम्पन्न आयोग गठन गर्न माग


९ पुस २०८०, सोमबार



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको छ।

महासंघले आज विज्ञप्ति जारी गर्दै सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकारका साथै समस्या समाधानका लागि तत्पर रहेको अवस्थामा विवादलाई टुङ्गोमा पुर्‍याउन आयोग गठनको माग गरेको हो।

महासंघले उक्त विवादको अन्त्य नभएसम्म विद्युत् लाइन नकाट्न तथा काटिएका उद्योगको लाइन तत्काल जोड्न आग्रह गरेको छ। ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी समस्या तत्काल सम्बोधन नभए धेरै उद्योग बन्द हुनुका साथै रोजगारी र राजस्वमा समेत असर पर्ने महासंघले जनाएको छ। महासंघले विद्यमान आर्थिक मन्दीका समयमा निजी क्षेत्रका मुद्दालाई गम्भीरतापूर्वक लिइ समस्या समाधानमा सरकारले पहल गर्ने विश्वास व्यक्त गरेको छ।

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’बापतको विद्युत् महसुल नतिरेको भन्दै विद्युत् प्राधिकरणले धमाधम उद्योगको लाइन काटिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस