२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लालबाबुको चुनाव खर्च १३ लाख १६ हजार

अ+ अ-

विराटनगर । मोरङ निर्वाचन क्षेत्र ६ बाट कांग्रेस उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका एमाले नेता लालबाबु पण्डितले चुनाव प्रचारका क्रममा जहिल्यै पनि ‘अभावपूर्ण’ खानपिन र हिँडडुल गरे । पण्डित सामान्य प्रशासनमन्त्री हुँदा उनका स्वकीय सचिव रहेका एमालेका युवा नेता ओसिम आलमका अनुसार पण्डितले चुनाव प्रचारका क्रममा जहिल्यै अभाव मात्र भोगे । ‘धेरैले अनेक लोभलालच देखाए,’ आलमले भने, ‘उहाँले पैसा माग्ने मतदातालाई पैसा नै चाहिएको छ भने मलाई मत नदिनू, म पैसा दिन्न सक्दिनँ भन्नुहुन्थ्यो ।’

पण्डितलाई चुनाव प्रचारमा खर्च हुन्छ भनेर काठमाडौंका एकजना ढकाल थरका विद्यार्थीले उनको मोबाइल नम्बरमा दुई हजारको रिचार्ज हालिदिए । नेता पण्डितलाई यो कुरा मन परेन । उनले रिचार्ज हाल्नेलाई कलब्याक गरे र भने, ‘के गरेको यो ? किन पैसा हालेको मेरो मोबाइलमा ?’ ती विद्यार्थीले जबाफ दिए, ‘मेरो रिचार्जको पैसाले तपाईंलाई मत माग्न सजिलो होस् भनेर मात्र हो, अन्यथा नसोच्नुहोला ।’

पण्डितले ६ सय ७५ मतले कांग्रेस उम्मेदवार कोइरालालाई पराजित गरेका हुन् । पण्डितले निर्वाचन आयोगलाई बुझाएको विवरणमा १३ लाख १६ हजार १ सय ७८ रुपैयाँ खर्च भएको उल्लेख छ । नेता पण्डितको खर्च विवरणअनुसार उनलाई अस्ट्रेलियाबाट ५ लाख रुपैयाँ प्राप्त भएको थियो । खाडी मुलुकबाट पनि उनका शुभचिन्तकले केही रकम पठाएको पण्डितका स्वकीय सचिव आलमले बताए ।

आफ्नै सक्रियतामा स्थानीय स्तरमा चुनावका लागि सहयोग गरिदिन अनुरोध गरेको पण्डितले बताए । ‘केही ऋण र बचतबाट मैले १ लाख ५० हजार संकलन गर्न सफल भएँ,’ उनले भने, ‘बाँकी रकम देशविदेशका साथीभाइ र शुभचिन्तकले सहयोग गर्नुभयो ।’ आयोगले भने प्रति उम्मेदवार २५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments