३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको दाबी : ऐतिहासिक रेकर्डहरू बनेका छन्, सरकार सफल भएको छ  

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सरकारले ऐतिहासिक रेकर्डहरू बनाएको दाबी गरेका छन् ।

प्रधानमन्त्री बनेको एक वर्षमा भएका कामकारबाही मन्त्रालयगत समीक्षा गरिरहेका ‘प्रचण्ड’ले सरकार सफल भएको दाबी गरेका हुन् ।

‘मैले जति सकेको हो, जसरी सोचेको हो, त्यसरी नै सफल भयो भन्ने त मेरो पनि दाबी छैन’, उनले भने ‘किनभने गठबन्धनको सरकार हो, धेरै सीमाहरू हुन्छन्, सबैलाई मिलाएर लैजाने जिम्मेवारी हुन्छ ।’

त्यसका बाबजुद सरकारले जेजति काम गरेको छ, त्यो सफल भएको उनले दाबी गरे । कतिपय सञ्चार माध्यमले कुरै नबुझी सरकार असफल भयो भनेर लेखेको भन्दै उनले अगाडि भने, ‘सुरुदेखिको प्रत्येक घटना हेर्नुभयो भने यस्तो अप्ठ्यारो र जटिल परिस्थितिमा कयौँ ऐतिहासिक रेकर्डहरू बनेका छन् ।’

मिटरब्याज समस्या समाधान भएको र सुशासनको पक्षमा यो सरकारले चलाएको जस्तो कारबाही प्रक्रिया कहिल्यै नचलेको उनको दाबी छ । ‘अन्तर्राष्टिय सम्बन्धका दृष्टिले हेर्नुभयो भने सरकार पुरै सफल छ’ प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘सफल मात्र नभएर ऐतिहासिक रूपले सफल छ भन्न सकिन्छ ।’

उनले अब नयाँ ढङ्गले जाने तथा विकास निर्माण र जनताको सेवाको कामहरूलाई अफेन्सिभ रूपमा अगाडि लैजाने तयारी गरिरहेको बताए । उनले भने, यो प्लान अनुसार मन्त्रालयलाई टार्गेट दिइन्छ । त्यो पूरा भएन भने कडा रूपमा जाने हुन्छ ।’ 

प्रतिक्रिया दिनुहोस