काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ । हिजो मंगलबारका लागि तय गरिएको बैठक आज बस्न लागेको हो ।
बैठक दिउँसो १ बजे अनुपम फुडल्यान्डमा बस्नेछ । पार्टी महामन्त्री गगन थापाको समय मिलाएर हिजोका लागि तय भएको बैठक आजका लागि सारिएको थियो ।
पुस १६ देखि १९ सम्मका लागि तय गरिएको पार्टीको महासमिति बैठकलाई लक्षित गरेर शेखर समूहले बैठक बस्न लागेका हो ।