२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प प्रभावितका लागि घर टहरा बनाउने काँग्रेसको दोस्रो चरण अभियान भोलिदेखि

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले भूकम्प प्रभावित क्षेत्रमा दोस्रो चरणको आवास निर्माण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंसिर २६ गतेदेखि पुस ६ गतेसम्म भूकम्प प्रभावितका लागि दोस्रो चरणको अस्थायी घर टहरा निर्माण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

भूकम्प प्रभावित क्षेत्रमा नेपाली काँग्रेसको तर्फबाट एक हजार अस्थायी घर टहरा निर्माण गर्ने प्रतिविद्धताका साथ पहिलो चरणमा कात्तिक २२ गतेदेखि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितको टोली जाजरकोट र रुकुम पश्चिम गएको थियो ।

उक्त अभियानमा केन्द्रीय सदस्यहरू, स्थानीय रूपमा संयोजन गर्ने प्रभावित क्षेत्रका पार्टीका प्रतिनिधि, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिको सहभागिता थियो । दोस्रो चरणको कार्यक्रममा केन्द्रीय सदस्यको नेतृत्वमा घर टहरा निर्माण, समन्वय र सहरीकरणका लागि नयाँ टोली रहने जनाइएको छ ।

नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल ट्रेड युनियन काँग्रेस, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका छुट्टाछुट्टै टोली प्रभावित क्षेत्रमा खटिने जनाइएको छ । लुम्बिनी प्रदेशका सबै जिल्लाहरू, कर्णाली प्रदेशका सुर्खेत र दैलेख तथा गण्डकी प्रदेशको बागलुङ जिल्लाको टोली समेत अस्थायी घर टहरा निर्माणमा खटिनेछ ।

घर टहरा निर्माणमा खटिने सबै टोलीले मापदण्डको पूर्ण जानकारी लिई सोहीअनुसार निःशुल्क रूपमा घर टहरा निर्माण कार्य सम्पन्न गर्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।