२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अरुण तेस्रो जलविद्युत् आयोजना : मुआब्जाका लागि पुनःमूल्यांकन गरिने

अ+ अ-

विराटनगर । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गको मुआब्जा पीडितहरूको जग्गा पुनःमूल्यांकन गरिने भएको छ ।

उक्त आयोजनाको छयाङ्कुटी-दिदिङ साढे २४ किलोमिटर प्रवेश मार्ग बनाइने स्थानमा पर्ने स्थानीय बासिन्दाको जग्गाको मूल्याङ्कन गर्न उच्चस्तरीय कार्यदलले काम सुरु गरेको हो ।

सरकारका पूर्व सचिव अर्जुनजङ थापाको संयोजकत्वमा पूर्व सहसचिवहरू जनकराज दाहाल र पद्मनिधि सोतीलगायत सम्मिलित तीन सदस्यीय उच्चस्तरीय कार्यदलले छुट मुआब्जा र क्षतिपूर्तिबारे अध्ययन सुरु गरेको जनाएको छ ।

कार्यदलले अध्ययन गरी दुई महिनाभित्र प्रतिवेदन पेस गर्ने जनाइएको छ । उक्त क्षेत्रमा पर्ने ४ सय ५४ रोपनी जग्गाको मुआब्जा नपाएपछि स्थानीय बासिन्दाले विरोध गर्दै आएका थिए ।

उनीहरूले आफ्ना माग पूरा गराउने दबाब दिने उद्देश्यले तीन महिनाभन्दा बढी आयोजनाको काम ठप्प पारेका थिए । स्थानीयको दबाबपछि भारतीय सतलज कम्पनीले मुआब्जा बापतको ५३ करोड रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराइसकेको जनाइएको छ ।

मुआब्जा वितरण गर्न सरकारलाई कानुनी रूपमा अप्ठ्यारो परेकाले समस्या सुल्झाउन सहज हुने गरी अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइने जनाइएको छ । मुआब्जा वितरणमा समस्या देखिएपछि दीर्घकालीन रूपमा समाधान खोजेर मुआब्जा वितरण गर्नका लागि सरकारले कात्तिक १६ गते उच्चस्तरीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले स्थानीय स्तरमा अध्ययन गर्ने र स्थानीय बासिन्दा, सरोकारवालाहरूसँग छलफलको काम सुरु गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस