माओवादीसँग पार्टी एकता गर्न समाजवादीले बनायो बाबुरामको नेतृत्वमा समिति गठन « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

माओवादीसँग पार्टी एकता गर्न समाजवादीले बनायो बाबुरामको नेतृत्वमा समिति गठन


६ मंसिर २०८०, बुधबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीले अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले समाजवादी केन्द्र निर्माणका लागि माओवादी लगायतका विचार, राजनीति मिल्ने शक्तिहरूसँग एकता/धुब्रीकरण गर्न समिति गठन गरेको हो। भट्टराईको नेतृत्वमा बनेको संयोजन समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सह अध्यक्ष गङ्गानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह सदस्य छन्।

साथै केन्द्रीय समितिले सङ्गठन निर्माण तथा विस्तार अभियानको समयावधि दुई महिना थप गरी फागुन मसान्तसम्म पुर्‍याउने निर्णय गरेको छ। सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने निर्णय भएको नेता विश्वदीप पाण्डेले बताए।

मंसिर-पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने निर्णय पनि भएको छ। माघ-फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने, वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय पनि पार्टी केन्द्रीय समिति बैठकले गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस