२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ कार्यकक्षमा सरे प्रधानमन्त्री ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ कार्यकक्षमा सरेका छन्।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पश्चिमतर्फ भागको कार्यकक्षमा प्रधानमन्त्री दाहाल बुधबार दिउँसो सरेका हुन्। नयाँ कार्यकक्षमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले भने, ‘यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मात्रै सारिएको होइन, कामको प्रकृति र गुणस्तर पनि अब नयाँ ढङ्गले अघि बढ्ने सङ्कल्प छ।’

२०७२ वैशाख १२ मा भूकम्प जानुअघिसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पश्चिमतर्फ नै थियो। भूकम्पबाट प्रधानमन्त्री कार्यालयमा क्षति पुगेपछि प्रबलीकरण गरिएको हो। एक सय २० वर्ष पुरानो यो भवनलाई मुल संरचना जस्ताको त्यस्तै राखेर प्रबलीकरण गरिएको थियो।

‘अहिले भइरहेको ठाउँमा बस्दा गुम्म परेको, त्यति फ्रेस नहुने जस्तो लाग्थ्यो, यो ठाउँमा आउँदा अलिकति सबैतिर देखिने, निस्किएर हेर्न पाइने, स्पेस पनि ठूलो कारणले अलि बढी दिमाग फुर्छ भन्ने महशुस गरेको छु,’ प्रधानमन्त्री दाहालले भने।

४२ करोड रुपैयाँ खर्चेर संरचना प्रबलीकरण गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ।