२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्काले दिएको १ सय ७२ रनको लक्ष्य पच्छ्याउँदै न्युजिल्याण्ड

अ+ अ-

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा श्रीलङ्काले न्युजिल्याण्डलाई १ सय ७२ रनको लक्ष्य दिएको छ । बेंग्लोरमा न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७१ रन बनायो । उसका लागि कुशल परेराले सर्वाधिक ५१ र महिश थीकशनाले नटआउट ३८ रन बनाए ।

न्युजिल्याण्डले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले तीन तथा लकी फर्गुसन, रचिन रवीन्द्र र मिचेल स्यान्टनरले समान २–२ विकेट लिए । न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान तीन वटै टिमको सेमिफाइनलमा पुग्ने सम्भावना छ । तीन वटै टिमको समान आठ खेलमा ८-८ अङ्क छ ।

आज श्रीलङ्कालाई हराएमा न्युजिल्याण्ड अन्तिम चारमा पुग्ने सम्भावना धेरै छ, किनकि पाकिस्तान र अफगानिस्तानको भन्दा न्युजिल्याण्डको रनरेट राम्रो छ । अब पाकिस्तानले इंग्ल्याण्डसँग र अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ ।

सेमिफाइनलमा पुग्न नसकेको श्रीलङ्कालाई च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया सेमिफाइनलमा पुगिसकेका छन् ।