२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी विद्यालयहरूले बिहानी कक्षा चलाउन नपाउने

अ+ अ-

चितवन । भरतपुर महानगरपालिका भित्र रहेका निजी संस्थाका माध्यमिक विद्यालयहरूले बिहानी कक्षा सञ्चालन गर्न नपाउने भएका छन् ।

महानगरभित्रका माध्यामिक तहमा पढाउने ७४ वटा संस्थागत विद्यालय छन् । ती विद्यालयहरूलाई आउँदो शैक्षिक सत्रदेखि बिहानी कक्षा सञ्चालन गर्न नपाउने गरी भरतपुर महानगरका शिक्षा समितिले निर्देशन दिएको हो ।

कात्तिक १२ गते महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले निर्णय कार्यान्वयन गर्न पत्राचार गर्दै शैक्षिक सत्र २०८१–२०८२ देखि बिहानी सत्रमा पढाउने गरी भर्ना नै नलिन निर्देशन गरेको छ ।

नगरशिक्षा समितिले भदौको ५ गते गरेको निर्णय अनुसार सबै संस्थागत विद्यालयहरूलाई पाठ्यक्रम र पाठ्यघण्टा मध्यनजर गरी आगामी शैक्षिक सत्रमा कक्षा ११ र १२ मा बिहानी कक्षा सञ्चालन नगर्न निर्देशन गरिएको भनिएको छ ।

महानगरका नगरशिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलको हस्ताक्षर रहेको निर्देशनमा अहिलेदेखि नै दिवा समूहमा अध्यापन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार पनि तयार गरिराख्न पनि भनिएको छ ।

महानगरका नगरशिक्षा अधिकारी पौडेलका अनुसार यसअघि नै पाठ्यघण्टा नपुग्ने भनी महानगरले विज्ञान विषयमा कक्षा ११ र १२ बिहानी समूहमा पढाउन रोक लगाएको छ । अहिले महानगरमा बिहानी समूहमा व्यवस्थापन र मानविकी समूहमा मात्रै कक्षा ११ र १२ को कक्षा सञ्चालन हुँदै आएको छ । महानगरले यसअघि नै सामुदायिक विद्यालयहरूलाई पनि बिहानी सत्रमा आगामी शैक्षिक सत्रदेखि कक्षा सञ्चालन नगर्न भनिसकेको छ ।

संस्थागत विद्यालय सञ्चालकहरूले भने महानगरको यस निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले बिहानी समूहमा पाठ्यघण्टा पूरा हुने गरी पढाउन रोक लगाउन नहुने पनि बताउँदै आएका छन् । यसअघि चितवनको रत्ननगर नगरपालिकाले पनि बिहानी सत्रमा माध्यामिक कक्षा सञ्चालन नगर्न संस्थागत विद्यालयहरूलाई निर्देशन गरिसकेको छ ।