बढी भाडा लिने सवारी साधनलाई कारबाही « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

बढी भाडा लिने सवारी साधनलाई कारबाही


१० कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ। दमौलीबाट काठमाडौं जाने माइक्रोले प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिवाना तिराएर कारबाही गरेको छ भने यात्रुहरूको भाडा फिर्ता गराएको छ।

दमौलीबाट काठमाडौँ छुट्ने माइक्रोले प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजीव विष्टको नेतृत्वमा आज बिहान जाँच गरी सबै यात्रुहरूको भाडा फिर्ता गराइएको छ।

दमौलीबाट काठमाडौँ सम्मको भाडा छ सय ५० रुपैयाँ रहेकामा चाडपर्वको मौका छोपी केही सवारी साधनले एक हजार रुपैयाँसम्म लिने गरेको गुनासो आएको छ।

चाडपर्वको मौका छोपी बढी भाडा लिएको भए प्रहरीलाई खबर गर्न उनले आग्रह गरे। यस्तै, भोर्लेटार चोकमा बिहानै काठमाडौँ जाने यात्रुहरूबाट एक हजार रुपैयाँ लिएको गुनासो आएपछि प्रहरीले तोकिएको भन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिइसकेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस