काठमाडौँ । विश्वकप क्रिकेटमा इङ्गल्यान्ड र श्रीलङ्काबीच खेल भइरहेको छ । बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा भइरहेको आजको खेलमा हुङ्ल्यान्डले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ।
साविक विजेता इङ्गल्यान्ड जोस बटलरको कप्तानीमा मैदान उत्रँदा श्रीलङ्का कुशल मेन्डिसको कप्तानीमा मैदान उत्रेको छ ।
साविक विजेता इङ्गल्यान्डले जारी सिजनको खेलमा खासै राम्रो प्रदर्शन गरेको छैन। हालसम्म ४ खेल खेलेको इङ्गल्यान्डले १ मा मात्रै जित हात पारेको छ र अङ्क तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको छ।
यस्तै श्रीलङ्काले पनि जारी प्रतियोगितामा कमजोर प्रदर्शन गर्दै आएको छ। समान ४ खेल खेलेको श्रीलङ्काले १ मा मात्रै जित हात पारेको छ। तर, रनरेटको आधारमा भने श्रीलङ्का अङ्क तालिकाको पुछारबाट चौथो स्थानमा रहेको छ।