एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन  « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन 


८ कार्तिक २०८०, बुधबार


काठमाडौँ । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ। मेडिसिटी हस्पिटलमा उपचारको क्रममा हिजो साँझ श्रेष्ठको निधन भएको बैंकले जानकारी दिएको छ। 

श्रेष्ठको अन्त्येष्टि उनको इच्छा बमोजिम एभरेष्ट बैंकले नै पशुपतिमा सञ्चालनमा ल्याएको कम दाउराले शब जलाइने प्रविधि(वुडन क्रिमेटरी)बाट भएको  बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए । यो प्रविधिबाट शव जलाउन १०० केजी दाउराले पुग्ने र निस्कने धुवालाई प्रदूषण रहित बनाएर वातावरणमा छोड्ने प्रविधि भएको पनि उप्रेतीले बताए । अहिले यो प्रविधि पशुपति, पोखरा र भैरहवामा राखिएको छ । 

२०५२ मा सञ्चालक समितिमा आएका उनी २०५४ सालदेखि बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।  श्रेष्ठ २६ वर्षदेखि बैंकमा अध्यक्षको रूपमा कार्यरत थिए। 

गत असोज ३० गतेको बैंकको २९ औँ वार्षिक साधारण सभाले श्रेष्ठलाई अध्यक्षको रूपमा चयन गरेकोमा उनले यो कार्यकाल आफ्नो अन्तिम कार्यकाल हुनेसमेत घोषणा गरेका थिए। 

ललितपुरमा जन्मिएका श्रेष्ठले अमेरिकाबाट एमबिए गरेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस