२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै

अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ । जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत एक वर्षको अवधिमा ३१ हजार सात सय ४२ नागरिकले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।

केन्द्रमा उपचार सेवाका प्रकार बढ्दा सेवा लिनेको सङ्ख्या विगत वर्षहरूमा भन्दा करिब दोब्बरले बढेको चालु वर्षका वार्षिक कार्यक्रम तथा योजना र गत आव भएका कार्यको प्रगति समीक्षा कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. वंशवदा कौण्डिन्न्यायनीले बताए । उनका अनुसार निःशुल्क औषधि तथा अन्य सेवा प्रदान गर्ने तथा आयुर्वेदको सेवामा सःशुल्क औषधि आवश्यक हुने बिरामीका लागि पाँच प्रतिशत छुटमा औषधि बिक्री गर्न सुरु गरिएको छ । यसले नागरिकलाई सरकारले तोकेका निःशुल्कबाहेकका अन्य अत्यावश्यक औषधि सेवनका लागि सहज भएको छ ।

उनका अनुसार आव २०७९/८० मा ३१ हजार सात सय ४२ जनाले बहिरङ्ग सेवा लिएका हुन् । पाँच सय ३१ ले स्नेहन, स्वेदनअन्तर्गत पाँच सय ६४ ले एकाङ्ग, ४६ ले सर्वागं, नौ ले नस्य, पाँचले शिरोधारा, २७ ले स्थानीक भास्ती, तीन हजार चार सय ८७ ले थेरापेटिक योगा, एक हजार नौ सय ५६ ले प्रवर्द्धनात्मक योगा, एक हजार ४१ ले अक्युपञ्चर, ७३ ले अक्युप्रेसर, दुई सय ६७ ले कपिङ सेवा लिएको केन्द्रले जनाएको छ ।

यस्तै छ सय ४८ स्तनपायी आमालाई दूधवर्द्क खानेकुरा, नौ हजार ६३ ज्येष्ठ नागरिकलाई सेवा र दुई हजार एक सय ११ वटा प्रयोगशाला परीक्षणसमेत गरिएको जनाइएको छ । जिल्लाको धुलिखेल, दाप्चा, मङ्गलटार र बालुवामा रहेको आयुर्वेदिक औषधालय र बेथानचोक, भुम्लु, पनौती र मण्डनदेउपुरमा रहेका नागरिक आरोग्य केन्द्रमार्फत पनि सेवा दिइरहेको कौण्डिन्न्यायनीले बताए ।

त्यस्तै धन्वन्तरी दिवस, ट्राफिक प्रहरीलाई प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण, विद्यालयस्तरीय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, निःशुल्क आयुर्वेद सेवा, ज्येष्ठ नागरिक सेवा, क्षमता अभिवृद्धि कार्यक्रम, स्वस्थ जीवन कार्यक्रम, तनाव व्यवस्थापन, एक जिल्ला एक जडीबुटी कार्यक्रम सम्पन्न गरिएको केन्द्रले जनाएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रोग लाग्नै नदिने र रोग लागि हालेमा आयुर्वेदको सही प्रयोग गर्न सहज वातावरण बनाउनुपर्ने बताए । उनले ‘प्रतिअसर नहुने, प्राचीन उपचार पद्धति’ बारे जनचेतना जगाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस