एमालेमै फर्किए पूर्वसांसद किशोरी साह « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

एमालेमै फर्किए पूर्वसांसद किशोरी साह


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ। मधेश प्रदेशका पूर्व सांसद किशोरी साह ‘कमल’ जनमत पार्टी परित्याग गरी पुनः नेकपा एमालेमा फर्केका छन् ।

नेकपा एमाले मधेश प्रदेश अधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसांसद साहलाई पार्टी प्रवेश गराए । अध्यक्ष ओलीले उनलाई टीका लगाएर गम्छा ओढाएका थिए ।

२०७४ मा धनुषाको प्रदेशसभा क्षेत्र १९१० बाट नेकपा एमालेबाट विजयी भएका थिए । तर टिकट नपाएकै झोकमा उनले २०७९ को निर्वाचनमा जनमत पार्टीमा प्रवेश गरी प्रतिनिधिसभामा चुनाव लडेका थिए ।

चुनावमा पराजित भएका साह पुनः आफ्ना समर्थकसहित एमालेमा प्रवेश गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस