खोज पत्रकारिता केन्द्रको अध्यक्षमा कुन्द दीक्षित « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

खोज पत्रकारिता केन्द्रको अध्यक्षमा कुन्द दीक्षित


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । खोज पत्रकारिता केन्द्र (खोपके) को अध्यक्षमा पत्रकार कुन्द दीक्षित चयन भएका छन्।

केन्द्रको बुधबार सम्पन्न १६ औँ साधारण सभाले दीक्षितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका दीक्षित केन्द्रका संस्थापक पनि हुन्।

साधारण सभाबाट केन्द्रको उपाध्यक्षमा रम्यता लिम्बु र महासचिवमा रामेश्वर बोहरा चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा रविन सायमी तथा सदस्यहरुमा कृष्ण ज्ञवाली, विद्या राई र नविन झा चयन भएका छन्। दुई सदस्य कार्यसमितिले मनोनीत गर्ने छ।

Tags :
प्रतिक्रिया दिनुहोस